Logo

गठबन्धन नटुट्नेमा देउवा ढुक्क



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले बाहिर हल्ला भएजस्तो सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच कुनै समस्या नरहेको स्पष्ट पारे ।

भरतपुर महानगरकी मेयर रेनु दाहालको निम्तो मान्न आज चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा मिडियाकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले कांग्रेस–माओवादीसहितको गठबन्धन नै निरन्तर हुने दबाी गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot