Logo

ओली र प्रचण्ड बसेको माधव नेपाल निवासको बैठकमा प्रेम आलेपनि मिसिए



काठमाडौं, २२ फागुन । सत्ता सहकार्यको प्रस्तावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली माधव नेपालको निवासमा छन् । दुई घण्टा लामो छलफलमा सत्ता सहकार्यको लागि ओली र दाहालले प्रस्ताव गरेका छन् । माधव नेपाल भने केही दिनयता अस्वस्थ भएर घरमै आराम गरेर बसेका छन् ।

हिजोमात्रै प्रधानमन्त्री दाहालले नेपालसँग भेटवार्ता गरेका थिए । तर, नेपालले प्रचण्डसँग सहमति गर्नेभन्दा आफूलाई धोका दिएकोमा आक्रोश पोखेका थिए । अहिले माधव नेपालको निवासमा भएको भेटमा एकीकृत समाजवादीका प्रभावशाली सांसद प्रेम आलेपनि मिसिएका छन् । एमालेबाट भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल छलफलमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot