Logo

कांग्रेस-कम्युनिष्ट सबैको एउटै धर्म भ्रष्टाचार गर्नु होः बाबुराम भट्टराई



काठमाडौं, २३ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउने जिम्मेवारी लिएका बाटै व्यवस्थामाथि खतरा रहेको बताएका छन् ।

आज (बुधबार) ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई खतरा रहेको बताए । उनले कांग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भ्रष्टाचार गर्नु रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्