Logo

संसद्मा कांग्रेस सांसदको व्यंग्य: माओवादीका नेताहरु सुनले पहेँलपुर भईसके !



काठमाडौं,२ चैत । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै नेताहरु जोडिएको भन्दै कारबाही गर्न माग गरेकी छन् ।

शुक्रबार बसेको बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेजुवालले सुनले माओवादी केन्द्रका नेताहरु पहेँलपुर बनेको भन्द्यै व्यंग्य गरेकी छन् । उनले सहकारी ठगी र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्रिलाई मन्त्री बनाएको भन्दै उनले आपत्ति जनाईन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् । “सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुपै्र नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ,” उनले भनिन्, “हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ ।”



प्रतिक्रिया दिनुहोस्