Logo

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, चैत ५। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्