Logo

चिनियाँ राजदूत छन् सङ्द्धारा उपप्रधानमन्त्री महासेठसँग भेटवार्ता



काठमाडौं, ५ चैत्र । नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाईएको छ ।

राजदूत सङ्ले उपप्रधानमन्त्री महासेठसँगको भेटमा नेपालमा विद्यमान विभिन्न परियोजनालाई द्रुत गतिमा सम्पन्न गर्नको लागि छलफल गरेको र सहमतिमा पुगेको पनि जानकारी गराएका छन् । नेपाल र चीनबीचको सहकार्यलाई बढावा दिने विषयमा पनि छलफल भएको उनको भनाई छ ।

सो क्रममा मन्त्री महासेठले नेपालको विकासमा चीनले पुर्याएको सहयोगको खुलेर प्रशंसा गरेका थिए । साथै, आगामी दिनमा पनि द्धिपक्षीय हितलाई बढावा दिँदै सहकार्य जारी राखिने मन्त्री महासेठले विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्