Logo

पोखरा महानगरका मेयर आचार्यलाई मातृशोक



काठमाडौं,६ चैत । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ ।

मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।

उनको आज उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई आजै तुलसीघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्