Logo

२ बजे हुने भनिएको न्युनतम साझा कार्यक्रम अझै सार्वजनिक भएन



काठमाडौं । दिउँसो २ बजे सार्वजनिक हुने भनिएको सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम ५ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन् । बिहान १० बजे सार्वजनिक हुने भनिएको सत्तारुढ दलहरूको आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम सार्वजनिकको समय दिउँसोलाई सारिएको थियो ।

सत्ता घटकका प्रमखु नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं बाहिर भएको कारण बिहान हुने भनिएको कार्यक्रम दिउँसो २ बजेपछि हुने भनिएको थियो । तर, हालसम्म पनि सार्वजनिक भएको छैन् । प्रतिनिधि सभा बैठक जारी रहेकाले नीति तथा कार्यक्रम सार्वजनिक हुन ढिलाइ भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए। कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।



प्रतिक्रिया दिनुहोस्