Logo

एमाले सुर्खेतको जिल्ला अधिवेशन आज, महासचिव पोखरेलले उद्घाटन गर्ने



काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । विरेन्द्रनगरको सिटी हलमा हुने एक कार्यक्रमकाबीच महासचिव शंकर पोखरेलेल खधिवेशन उद्घाटन गर्नेछन् ।

अधिवेशनमा जिल्लाभरबाट ४९५ जना प्रतिनिधिहरु सहभागी हुने छन् ।

शनिबारसम्म चल्ने अधिवेशनले एमाले सुर्खेतको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने, नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गरिने बताएका छन् ।

जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी भएपनि वर्तमान अध्यक्ष अमृतबहादुर बिसी र जिल्ला कमिटी उपाध्यक्ष कुलमणि देवकोटाबीच चुनाव हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot