Logo

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एकजना डुबेर बेपत्ता



कैलाली, चैत १३ । कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हाम फालेका १७ जना युवामध्ये एक जना वेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका(३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको जनाइएको छ । एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको हो ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् । जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाईएको छ ।

आज गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । गत बर्ष पनि पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर एक युवाको निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्