Logo

गाजामा तत्काल युद्दविराम गर्न राष्ट्रसंघको आह्वान



काठमाडौं, चैत १३ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको छ । सुरक्षा परिषदमा युद्धविराम प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको हो । अमेरिकाले आफ्नो अडान परिवर्तन गर्दै भिटो प्रयोग नगरेपछि प्रस्ताव पारित भएको हो ।

राष्ट्रसंघले सबै बन्धकहरुलाई तत्काल र बिना शर्त रिहाइको माग गरेको छ । परिषदले गतअक्टोबरमा युद्ध सुरु भएयता धेरै प्रयास गरेपनि युद्धविरामको आह्वान गरेको यो पहिलो पटक हो । प्रस्ताव पारित भएसँग विश्वभर यसको स्वागत गरिएको छ ।

अमेरिकाको यो कदमले गाजामा इजरायली आक्रमणलाई लिएर इजरायल र उसका सहयोगीबीच बढ्दो भिन्नताको सङ्केत गरेको छ । इजरायलले भने अमेरिकी कदमप्रति असन्तुष्टि व्यक्त गरेको छ । अमेरिकाले आफ्नो अडान त्यागेको र युद्धविरामलाई बन्धक रिहाइसँग प्रत्यक्ष रूपमा जोडेको इजरायली प्रतिक्रिया छ ।

गाजामा इजरायलले गरेको हमलामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र ७४ हजार बढी घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी हमास लडाकुले गरेको हमलामा इजरायलतर्फ करिव १२ सयजनाको मृत्यु भएको र ८ हजारभन्दा बढी घाइते भएको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्