Logo

सुनकोशी नदीमा बेपत्ता बालबालिका मध्ये थप एक जनाको शव भेटियो



उदयपुर, चैत १४ । सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना बालबालिका मध्ये थप एक जनाको शव फेला परेको छ । चैत ११ गते होली खेलेर सुनकोशीमा नुहाउन गएका मध्ये रेखा मगरको शव बुधबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको हो ।

स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि मंगलबार ८ वर्षीय रिदम मगरको शव घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो ।

बेपत्ता १४ वर्षीय लोकबहादुर मगरको शव भने अझै भेटिएको छैन् । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्