Logo

नाउपाको निर्णयले कांग्रेस नेतृत्वको लुम्बिनी र सुदूर सरकार ढल्ने निश्चित



काठमाडौं,१४ चैत । केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनलाई साथ दिेन नागरिक उन्मुक्ति पार्टीको निर्णयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चि र लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित भएको छ ।

दुवै प्रदेश सरकार जोगाउन र ढाल्न निर्णायक भूमिकामा रहेको नाउपाको आज बसेको संस्थापक केन्द्रीय समितिको निर्णयले केन्द्र र प्रदेशमा नयाँ गठबन्धनसँग मिल्ने निर्णय गरेको छ । नाउपाले आजकै बैठकले सुदूर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने पनि निर्णय गरेपछि दुई वटा प्रदेश सरकार संकटमा परेका हुन् ।

कमलबहादुर शाह र डिल्लीबहादुर चौधरीको नेतृत्वमा रहेका सुदूर र लुम्बिनी सरकारमा नाउपा निर्णायक पार्टी हो । नयाँ सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार सुदूरमा नाउपाले मुख्यमन्त्री पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्