Logo

उपनिर्वाचनः आज पनि टुङ्ग्याउन सकेन कांग्रेसले उम्मेदवार



काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले इलाम– २ र बझाङ– १ (क) मा हुन लागेको आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । अन्य दलहरु नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीले आफ्नो उम्मेदवार टुंग्याइसकेका छन् ।

उम्मेदवार टुंगो लगाउन आज (बुधबार) साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल भएको थियो । सभापति देउवाले इलाम–२ का आकांक्षीहरुलाई छलफलमा बोलाएका थिए । तर, छलफल निश्कर्षमा पुग्न सकेन ।

आजको छलफल निश्कर्षमा पुग्न नसकेपछि सभापति देउवाले आकांक्षीहरुलाई मिलेर आउन भनेका छन् । इलाम– २ को उपनिर्वाचनमा कांग्रेसबाट भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई उम्मेदवारको आकांक्षी छन् । आजको छलफलमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, रमेश लिङ्देन र नगेन्द्र कुमाल सहभागी थिए । इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि र बझाङ–१ (क) मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्