Logo

बागमतीमा हानेपाका सांसद बज्राचार्यलाई आजै मन्त्रीको शपथ खुवाउने तयारी



काठमाडौं,१५ चैत । विश्वासको मत लिनुअघिनै बागमती प्रदेश सरकरा विस्तार हुने भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले आजै हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गर्न लागेका छन् ।

सत्ता समीकरण फेरिएर अल्पमतमा परेका जम्मकट्टेलले बहुमत जुटाउन बज्राचार्यलाई आज मन्त्री नियुक्त गर्न लागेका हुन् । उनले आजै शपथ लिने स्रोतले जनाएको छ । बागमती सरकार जोगाउन र भत्काउन हानेपा निर्णायक दल हो । उसका २ सांसद छन् ।

यसअघि हानेपाले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरेको थियो । तर, सत्ता गठबन्धनले भने दुवै सांसदलाई मन्त्री बनाउन तयार रहेको बताउँदै आएको छ । मुख्यमन्त्री जम्कट्टेलले हाललाई बज्रचार्यलाई मन्त्री बनाउने र अर्की सांसद सरिता खड्गीलाई विश्वासको मत लिएपछि मन्त्री बनाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्