Logo

नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदै



काठमाडौं, चैत १६ । नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्।

दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन्।

२०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्