Logo

एमाले अधिवेशन: ओलीकै गृहजिल्लामा सहमतिको सकस



काठमाडौं,१६ चैत । नेकपा एमाले झापााको जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास भएपनि सफल नभएपछि निर्वाचन हुने भएको छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको उद्घाटनमा सहमतिको अधिकतम प्रयास भईरहेको छ ।

ओलीले सहमति नभए आफूले पदाधिकारीको नाम घोषणा गर्ने समेत बताइसकेका छन् । झापा ओलीको गृहजिल्ला हो । अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलले दाबी गरेका छन् ।

तर,अध्यक्ष ओलीले गिरीलाई ग्रिन सिग्नल दिएको एक नेताको दाबी छ ।

एमाले जिल्ला अधिवेशनमा व्यस्त रहेको छ । एकाधबाहेकका जिल्लाहरुमा प्यानलनै बनाएर चुनावमा होमिरहेका छन् । तर, ओलीले भने सहमतिको रटान लगाउन छाडेका छैनन् । हरेक जिल्ला अधिवेशनमा सहमतिको आधारमा नेतृत्व चयन गर्न भनिरहेपनि कार्यकर्ताले नपत्याउँदा चुनावमै जाने परिस्थिति बनिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्