Logo

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य



काठमाडौं,१६ चैत । पहिलो टी-२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २२३ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले निर्धारि २० ओचरमा ५ विकेट गुमाएर २२२ रन जोड्यो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।

बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । चोटका कारण एक वर्षपछि कमब्याक गरेका कमलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्