Logo

विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु



काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित रुपमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ हुने बताइएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा अनलाइन सुनुवाइ प्रणालीको शुभारम्भ गरिएको थियो । हिजो अनलाइन प्रणालीको शुभारम्भको क्रममा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडा र सोही मुद्दामा सरकारी वकिलको कार्यालयबाट उपन्यायाधिवक्ता गोपाल लामिछाने वहस गरेका थिए ।

विशेष अदालतले अनलाइन प्रणालीबाट बहस सुरुवात गरेसँग अब कानुन व्यवसायी अदालतमा उपस्थित नभएर घर वा ल फर्ममै बसेर बहस गर्न सक्नेछन् ।

अनलाइन प्रणालीको उक्त वहस ऐच्छिक हो । कानुन व्यवसायीले चाहेमा अदालतले उक्त सुविधान दिन सक्ने छ । एक पक्षका कानुन व्यवसायी अदालत नै आएर बसह गर्ने र अर्को पक्षले अनलाइनबाटै गर्न चाहेको अवस्थामा पनि अदालतले सोही अनुसार व्यवस्थापन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्