Logo

बालुवाटार पुगे प्रचण्ड, ओली र देउवा पनि जाँदै



काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । तीन नेताबीच साँझ ५ बजेपछि भेटवार्ता हुन लागेको हो ।

शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट हुन लागेको हो। 

रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच छलफल हुन लागेको बताए ।

उनले भने, ‘ऋषिजीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एकपट्टि शेरबहादुर र अर्कोतिर केपी ओलीलाई राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै यहाँबाट गएर एकातिर शेरबहादुरजी र अर्कोतिर केपीजीसँग बस्दैछौं । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा पनि गम्भीर छलफल गर्दैछौं ।’

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । संवैधानिक निकायका विभिन्न पदमा लामो समयदेखि पदाधिकार्हिरु रिक्त रहेका छन् । भोलिको बैठकले केही आयोगहरुमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । आजको भेटमा सो बारेमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot