Logo

टेलिकमको सञ्चालक समिति सदस्यमा खत्री नियुक्त



काठमाडौं, चैत १८। नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् । उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधीको रुपमा सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएका हुन् ।

उनलाई मन्त्रालयको गत चैत ९ गतेको पत्रअन्सार सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त गरिएको हो । उनलाई यसअघिका सञ्चालक कोमहचन्द्र सुवेदीको स्थानमा उक्त पदमा नियुक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot