Logo

कांग्रेसको आरोप: रवि गृहमन्त्री भएपछि सहकारी ठगीको छानबिन रोकियो



काठमाडौं,२० चैत । नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको आरोप लगाएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको सुरुआतमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले लामिछाने गृहमन्त्री बनेपछि छानबिन प्रभावित भएको आरोप लगाएका हुन् ।

‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’

तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले बताए ।
छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए । उनले भने, ‘अनुसन्धान अलपत्र पर्यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’



प्रतिक्रिया दिनुहोस्