Logo

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुढानीलकण्ठमा जारी, को बन्ला उपनिर्वाचनमा उम्मेदवार ?



काठमाडौं । आसन्न उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी बैठकले आगामी १५ गते हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउनेछ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश सभा ख मा निर्वाचन हुँदैछ । कांग्रेसमा इलाम २ का लागि ६ जना र बझाङमा १० जनाको नाम उम्मेदवारको लागि सिफारिस भएका छन् ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएर आएको छ ।

बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएर आएको छ ।



प्रतिक्रिया दिनुहोस्