Logo

सन्दीपको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालतको आदेश



काठमाडौं,२३ चैत । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ।

उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो।

उच्च अदालत पाटनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ। गौशाला २६ ले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए।

काठमाडौं जिल्ला अदालतको पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। उनले उक्त फैसला बदरको माग गरेका छन्।

पीडित युवती गौशाला २६ का तर्फबाट पनि सरकारी वकिलले सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको भन्दै पुनरावेदन गरेकी छन्। गौशाला २६ लाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष पूरा भएर बालिग भएको फैसला दिएको थियो। तर उनी नाबालिग नै रहेको दाबी गर्दै उच्चमा पुनरावेदन गरिएको हो।

उक्त निवेदनमा पनि शुक्रबार नै छलफल भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot