Logo

आजपाको निश्कर्ष : राज्यसत्ता र प्रतिक्रियावादी शक्ति केन्द्रहरुको षड्यन्त्रको बावजुदपनि शनिबारको जनप्रदर्शन भव्य भयो



काठमाडौं, २५ चैत्र । आम जनता पार्टीले हिजो (शनिबार) काठमाडौंमा आयोजित जनप्रदर्शन र खबरदारी सभा राज्यसत्ता र प्रतिक्रियावादी शक्ति केन्द्रहरुको षड्यन्त्रको बावजुदपनि सफल भएको निश्कर्ष निकालेको छ ।

आजपाका केन्द्रीय प्रवक्ता चन्द्रभुषण साहले आज (आइतबार) एक विज्ञप्ती निकाल्दै बृहत्त जनप्रदर्शनमा सहभागिता जनाउनेहरुप्रति हार्दिक आभारसमेत व्यक्त गरेका छन् ।

साहले हिजोको खबरदारी सभाले शहीदका अधुरा सपना पूरा गर्ने दृढ संकल्प लिएको र जनआन्दोलनका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै वर्तमान लुटकारी दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको शंखानाद समेत गरेको उल्लेख गरेको छ ।

यस्तो छ साहले जारी गरेको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्