Logo

पाँच जना सांसदविरुद्ध अदालतको अवहेलना मुद्दा



काठमाडौं, २६ चैत । पाँच जना प्रतिनिधि सभा सदस्यमाथि सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ । संसद् विकास कोष रोक्न सर्वोच्चले गरेको आदेशको विरुद्धमा बोल्ने पाँच जना सांसदहरु विरुद्ध मुद्दा चलाइएको हो ।

यसरी अवहेलना मुद्दा चलाइएकाहरुमा नेपाली कांग्रेसका सांसदद्वय रमेश लेखक र श्याम घिमिरे रहेका छन् । त्यसैगरी नेकपा (एमाले) का सांसदहरु महेश बर्तौला, सूर्य थापा रहेका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का संसद् अम्बरबहादुर थापा गरी पाँच जनाविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको हो । उक्त मुद्दामा सर्वोच्चले २०८१ वैशाख ५ गतेका लागि पेशी तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot