Logo

नाउपा दलको नेता बने कैलाश, घनश्यामलाई हटाइयो



काठमाडौं, चैत २७ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेकी छन् ।

नाउपामा जारी विवादका क्रममा अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई आइतबार नै कारबाहीमा गरेको पत्र सार्वजनिक भएको हो । घनश्यामलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी दलको नेताको जिम्मेवारी दिइएको छ । सो पत्रमा प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको उल्लेख छ । घनश्यामले दलको निर्देशन नमानेकोले परिवर्तन गरिएको सो उल्लेख छ ।

दलको नेताको जिम्मेवारी सम्बन्धी सो पत्रमा अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको समेत उल्लेख गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्