Logo

बालुवाटारमा पनि जुटेन सहमति, सचेतकसँग छुट्टै छलफल गर्दै सभामुख



काठमाडौं,२७ चैत । सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सदन अवरोध खुलाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सदन खुलाउने विषयमा सहमति जुट्न सकेन । सदन खुलाउने विषयमा सभामुखले अब दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान छाडेको छैन । कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot