Logo

राप्रपाको प्रदर्शनः सवारी आवगमन प्रभावित, ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ



काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनका कारण काठमाडौंका सवारी आवगमन प्रभावित भएको छ । विशेष गरी काठमाडौंको भद्रकाली, माइतीघर, सिंहदरबार र त्रिपुरेश्वर क्षेत्रको सवारी आवगमन अस्तव्यस्त भएको हो ।

प्रर्दशनमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको थियो । केही प्रदर्शनकारीसमेत पक्राउ परेका छन् । सम्भावित सुरक्षा संवेदनशीलतालाई ख्याल राखेर ठूलो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot