Logo

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्ड-ओलीबीच के-के भयो छलफल ?



काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आजको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

प्रचण्ड–ओलीबीच आजको भेटवार्तामा प्रमुख प्रतिपक्षी दलले उठाएका विभिन्न मुद्दामा समेत छलफल भएको छ । स्रोतका अनुसार हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्नेबारे ओली–प्रचण्डबीच गहन छलफल भएको छ । आजको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot