Logo

विपिन जोशीको सकुशल रिहाइका लागि प्रयास जारी छ, छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी छु : प्रधानमन्त्री



काठमाडौं, वैशाख ७। हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत वर्ष भदौ २७ गते इजराइल गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत वर्ष असोज २० गते हमास समूहले इसराइलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot