Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौं, वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अहिले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको आजको बैठकमा कतारका राजाको भ्रमण लगायत समसामयिक र नियमित काम कारबाहीको विषयमा छलफल हुने जनाइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी भोली मंगलबार नेपाल आउँदै छन् ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ भने बजेट अधिवेशन आह्वान सिफारिसको विषयमा पनि निर्णय हुने जनाइएको छ । हिउँदे अधिवेशन गत ३० चैतमा अन्त्य भएको थियो ।

त्यस्तै, सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ। लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्