Logo

पूर्वसभामुख सापकोटा जोडिएका अर्जुन लामा हत्या प्रकरण मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासमेत मुछिएका अर्जुन लामा हत्या प्रकरण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मीसहितको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

उक्त मुद्दाको अन्तिम सुनुवाइ हुने भएको छ । उक्त मुद्दा लामो समयदेखि विचाराधीन छ । उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, ज्ञानेन्द्र आरण, काशीराम ढुङ्गाना, वरिष्ठ अधिवक्ता बाबुराम गिरी र लक्ष्मी पोखरेल लगायतले बहस गरेका थिए ।

मृतक अर्जुन लामाकी श्रीमती पूर्णिमा लामाले हत्यामा सापकोटाको संलग्नता रहेको र तत्काल कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान थालेर कारबाही गर्न माग गर्दै २०६९ मंसिरमा रिट दायर गरेकी थिईन् ।

त्यस्तै, सापकोटा जोडिएका जनयुद्धकालीन अन्य मुद्दाहरु पनि लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot