Logo

सुहाङसँग खुसुक्क भलाकुसारी गर्दै ओलीले सोधें: कति भोटले जित्नुहुन्छ ?



काठमाडौं,१२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमालेले उपनिर्वाचन जित्नपर्ने बताएका छन् ।

वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि एमालेले इलामले चुलाचुलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको जित नै देश विकासको आधार भएको हुँदा एमालेले उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आह्वान गरे ।

चुनावी सभाकै बीचमा ओलीले सुहाङलाई कति भोटको अन्तरले चुनाव जित्नुहुन्छ भनेर सुटुक्क सोधेको बताएका छन् । इलाममा रहेका ओलीले सामाजिक सञ्जालमा सुहाङसँगको सम्वाद उल्लेख गरेका छन् ।

‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ। मैले सुहाङसँग सुटुक्क सोधें- कति भोटले जित्नुहुन्छ ?’ ओलीले भनका छन् सुहाङको जवाफ थियो- त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । जनतामाथि उहाँको विश्वास मलाई मन पर्यो’।

एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले स्वर्गीय सुवासपुत्र सुहाङलाई मैदान उर्तादा कांग्रेसले गत वर्ष पराजित भएका डम्बर खड्कालाई टिकट दिएको छ । इलाम २ मा १९ जनाले मनोनयन दर्ता गरेपनि कांग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot