Logo

अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ सकियो, फैसला आजै आउने



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भएको आलमको उक्त मुद्दाको फैसला आज नै आउने सम्भावना रहेको बताइएको छ ।

२०६४ संविधान सभाको निर्वाचनको बेला उनले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप छ । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । सोही समयदेखि आलम थुनामै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot