Logo

सरकारलाई शेखरको प्रश्न: डढेलो नियन्त्रणमा किन यति असंवेदनशील ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशभर बढ्दै गएको डढेलो नियन्त्रणमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् ।

डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।

‘यस बर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, अरवौंको सम्पत्तिको नाश भईसक्यो’ उनले भनेका छन् ‘कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot