Logo

रेशमले रञ्जितालाई भने, ‘पार्टी र सरकार दुवै तिमी चलाउ’



काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्व र सरकारमा सहभागी हुने विषयलाई लिएर रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको तिक्ततामा सुधार आएको छ । रेशम–रञ्जिता श्रीमान–श्रीमति हुन् । उनीहरुबीचको विवाद पछिल्लो समय उत्कर्षमा पुगिसेको थियो ।

पार्टीको पहिलो महाधिवेशनले रेशम चौधरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेपनि निर्वाचन आयोगले उनलाई अध्यक्ष स्वीकार गरेन । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध रेशमले आयोग र रञ्जितालाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरे ।

उनको रिट निवेदनमा सर्वोच्चले रञ्जितासँग लिखित जवाफ माग्यो । रञ्जिताले लिखित जवाफमा रेशमले फौजदारी मुद्दामा सजाय पाएकाले उनी सदस्य बन्न पनि योग्य नरहेको जवाफ पठाएकी थिईन् ।

रेशम–रञ्जिता एकले अर्कोलाई दोष लगाउँदै आएका थिए । तर, केही दिनदेखि रेशम–रञ्जिताको भेटवार्ता बाक्लिएको छ । उनीहरु सँगै मिटिङ, लञ्च, डिनरमा देखिएका छन् ।

आज (शनिबार) विहानको बैठकपछि रेशमले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर ‘पार्टी र सरकार दुवै तिमी चलाउ’ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ ।’

त्यस्तै, रञ्जिताले पनि परिवारमा कुनै समस्या नरहेको बताएकी छन् । साथै, रेशमले अब छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरिने घोषणासमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot