Logo

इलाम-२ मा सर्वदलीय बैठक सुरू



काठमाडौं, वैशाख १६ । इलाम–२ मा सम्पन्न उपनिर्वाचनको मतगणनाको समय तय गर्न सर्वदलीय बैठक शुरु भएको छ। बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । सर्वदलीय बैठकमा सबै राजनीतिक दल, दलका उम्मेदवार, सुरक्षा निकायसहित सरोकारवालाहरु उपस्थित रहेका छन् ।

बैठकपश्चात् मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ ।

शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको छ । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेका छन् । मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot