Logo

अर्घाखाँचीमा आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु



काठमाडौं, वैशाख १८ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार आगोले जलेर बालिकाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका(५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

डेढ महिनाको अवधिमा एक सय सात घरगोठ जले

अर्घाखाँची जिल्लामा डेढ महिनाको अवधिमा आगलागीबाट एक सय ७ घरगोठमा जलेका छन् । वैशाख महिनामा मात्र जिल्लाभर ३३ स्थानमा आगलागी भएको छ ।

आगलागीबाट ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका छन् । डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्याङ्क रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot