Logo

कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री, एमाले अझै छलफलमा



काठमाडौं,१८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज सरकार विस्तार गर्दैछन् । उनले आज माओवादीका ३ सहित आफ्नो पार्टी एमालेबाट ४ जना थपेर ७ जनालाई मन्त्री नियुक्त गर्ने तयारी छन् ।

यसैबीच सत्ता साझेदार दल माओवादीले भने तीन जनाको नाम टुंग्याएको छ । माओवादीबाट मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् ।

उनीहरुले आजै मन्त्रीको शपथ लिनेछन् । उनीहरुलाई दिने मन्त्रालयबारे भने निर्णय भईनसकेको बताइएको छ । यता एमालेले भने हालसम्म मन्त्रीको नाम टुंग्याउन सकेको छैन् । मुख्यमन्त्री कँडेल अहिलेपनि छलफलमै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot