Logo

सहकारीकै पैसा खाईदिने देशका शासकले मजदुर दिवसमा शुभकामना दिएको सुहाएन : सांसद बजगाईं



काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले सहकारीको पैसा खाईदिने देशका शासकले मजदुर दिवसको शुभकामना दिएको सुहाएन भन्दै गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेका छन् । पछिल्लो समय सांसद बजगाईं रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेमाथि कडा रुपमा प्रस्तुत भैरहेका छन् ।

उनले यसअघि रास्वपाका सांसदहरु स्वर्णिम वाग्ले र सुमना श्रेष्ठको पनि नाम नलिईकन आलोचना गरेका छन् । उनले सञ्जालमा लेखेका छन्–‘हार्वर्ड, एमआईटीमा सुशासन सिकाईन्छ। त्यहाँका विद्यार्थीले नेपालको राजनीतिमा अवतरण हुँदै गर्दा सुशासनका मुद्धा उठाउने तर आर्थिक विचलनमा परेका मन्त्रीहरूको प्रतिरक्षा गरेको देखेको नेपालका परिवर्तनकारी मतदाताले सुपरिचित विश्वविद्यालयको प्रतिष्ठामा आँच आयो भन्ने बुझेर हराईदिए।’

उनको यो अभिव्यक्ति रास्वपाले इलाममा हार्नुको कारणबारे केन्द्रित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot