Logo

श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित नगरेसम्म देशमा समृद्धि असम्भव : पूर्वमन्त्री महतो



काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित् नगरेसम्म देशमा समृद्धि हाँसिल गर्न असम्भव रहेको बताएका छन् । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना जारी गर्दै पूर्वमन्त्री महतोले यस्तो बताएका हुन् ।

उनले संविधानमा नै श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेकोले श्रमको उचित सम्मानसहित श्रमिकहरुको अधिकार सुनिश्चित् गरिनु राज्यको प्रमुख दायित्व हुने भन्दै त्यसतर्फ विशेष ध्यान दिन सुझाव दिएका छन् ।

उनले श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति सरकार र सरोकारवाला सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । आज देशमा श्रम गर्नेहरु ठगिने र ठगहरुको हालिमुहाली भएको अवस्था चित्रण गर्दै उनले त्यस्तो अवस्थाको समूल अन्त्य गरिनुपर्ने आवाज उठाएका छन् ।

उनले नेपालबाट श्रमको लागि ठूलो संख्यामा युवा जनशक्ति विदेशिनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्यको लागि सरकार र निजी क्षेत्र दुवैले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने पनि धारणा राखेका छन्। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot