Logo

राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा



काठमाडौं, २० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गरिरहेको छ । जसपा प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार सबैलाई पहिचान, सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार–प्रसारमा प्रयोग गरिएको हो ।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपाल भाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचार प्रसार गरिराखिएको छ ।

जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी वैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot