Logo

एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा, एलिजाज कस्मेटिक्स छिट्टै नेपाली बजारमा



काठमाडौं, २६ बैशाख । चर्चित नायिका तथा समाजसेवी एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा आवद्ध भएकी छिन् । नायिका गौतमले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन् । उनले मिसोकोसका सामान नेपाल भित्र्उानको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् ।

३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ । उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको छ । एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोस नेपाल भित्रिएको हो ।

मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ । साथै, ती सामाग्री सस्तो र उच्च गुणस्तरीय हुने एलिजा गौतमले जानकारी गराईन् । उनले यो सम्झौतासँगै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने विश्वस दिलाईन् ।

कम्पनीको सिईओ किमले पनि नेपालसँग यसरी व्यवसायिक साझेदारी पाएकोमा खुशी व्यक्त गरे । नेपाली महिलाहरुलाई आफ्नो कस्मेटिक्स भरपर्दो र विश्वसनीय भएको उनको भनाई छ । एकपटक प्रयोग गरेपछि बारम्बार त्यही सामान खोज्ने सम्भावना रहेकोपनि उनले विश्वास व्यक्त गरेका थिए ।

नायिका गौतमले आफूले कस्मेटिक्स व्यवसायमा हात हाल्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । उनले कलाकारिता र समाजसेवासँगै आफ्नो पाइला अब व्यवसायतर्फ लम्किएको भन्दै कम्पनीले आफूप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन् । गौतमले फेशबुकमा लेखेकी छिन्-

न्यू भेञ्चर एलिजाज् कस्मेटिक्समार्फत अन्तर्राष्ट्रिय व्यवसायमा प्रवेश
कलाकारिता र समाजसेवासँगै आजबाट अन्तर्राष्ट्रिय व्यवसायमा प्रवेश गर्न पाउँदा निकै हर्षित छु । दक्षिण कोरियाको प्रतिष्ठित कस्मेटिक्स ब्राण्ड मिसोकोस अब नेपालमा भित्रिने भएको छ । मेरो नेतृत्वमा रहेको एलिजाज् कस्मेटिक्सले आज व्यवसायिक हितका लागि उक्त कम्पनीसँग कोरियाको सिओलमा रहेको कम्पनीको मुख्यालयमा द्धिपक्षीय सम्झौता गरेको कुरा यहाँहरुसमक्ष साझा गर्न पाउँदा मैले आफूलाई धैरै नै खुशी र भाग्यशाली ठानेकी छु । कम्पनीका सिईओ आदरणीय एवम् आत्मीय किमले मप्रति देखाउनुभएको यो विश्वासप्रति सधैं आभारी छु । कलाकारितासँगै मेरा पाईलाहरु अब व्यवसायमा पनि लम्किएका छन् । यहाँहरुको साथ, सहयोग र हौसलासहित अघि बढ्ने प्रण गर्दछु । सबैमा सिओलबाट मिठो सम्झना अनि नमस्कार । धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्

Screenshot