Logo

देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकमा जसपा, नेपालबाट उपेन्द्र र राजकिशोर सहभागी



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् । बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् ।

संसद्मा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच मुठभेडको अवस्था सिर्जना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर सदन अवरोध गरेको छ ।

तर, सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ । देउवाले सदनमा भएका विपक्षी दलहरुको साथ लिन खोजेका छन् । त्यसको लागि उनले आज संसद्को बैठक बस्नुअघि बैठक बोलाएका हुन् ।

तस्विर : जनक भट्ट/फेशबुक



प्रतिक्रिया दिनुहोस्