Logo

हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदारले दायर गरेको रिटमा मिसिल झिकाउने आदेश



काठमाडौं,९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा मिसिल झिकाउने आदेश भएको छ ।

न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्तले केदार कार्की मुख्यमान्त्री हुँदादेखि कै कागज झिकाउन भनेको हो ।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा रिट हालेका थिए ।

यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धनमा आएको परिर्वतनसँगै एमालेले उनलाई समर्थन नदिने निर्णय गरेको थियो ।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । प्रदेश सभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो । तर कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot