Logo

काठमाडौंका यी स्थानमा आजदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने



काठमाडौं, जेठ १३ । काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ।

कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot