Logo

कांग्रेसले रवि लामिछानेलाई कहाँ फसाउन सकिन्छ भनेर रेकी गरिराखेको छः सूर्य थापा



काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहाँ फसाउन सकिन्छ भनेर रेकी गरिराखेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले गृहमन्त्री लामिछानेविरुद्ध लक्ष्मण रेखा हालिरहेको बताएका हुन् ।

‘रवि लामिछानेजीलाई जोडेर जहाँ–जहाँ तान्न सकिन्छ कि भनेर उहाँहरुले रेकी गरिरहनु भएको छ । उहाँहरु लक्ष्मण रेखा हाल्दै हुनुहुन्छ । त्योभित्र रविलाई पार्ने कोशिसमा हुनुहुन्छ,’– नेता थापाले भने ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछाने संलग्न रहेको भनिएका कम्पनीहरु गोर्खा मिडिया, सुप्रिम सहकारी, सूर्यदर्शन सहकारीलगायतको नामहरु उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त रहेको उनले बताए । उनले जुनसुकै सहकारी, व्यक्ति र मिडियाका बारेमा छानविन गर्न सकिने तर पहिला नै व्यक्तिलाई दोषी र निर्दोष करार गर्न नसकिने बताए ।

कांग्रेसले संसदीय छानविन समितिको हुर्मत लिएको उनले बताए । उनले कांग्रेसको संसद अवरोधलाई तुष्टीकरणको संज्ञा दिए । उनले कांग्रेसलाई सहकारी पीडित, मिटरव्याज पीडित, लघुवित्त पीडित कसैको चासो नरहेको बताए । कांग्रेसले सत्ताको बार्गेनिङ गरिरहेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot