Logo

कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित



काठमाडौं,१३ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल भएर बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले छलफल अघि बढाएका छन् । सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका थिए।

सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका हुन् ।

नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राखेका प्रेम सुवालले बोलेपछि दलीय रुपमा एमालेका विष्णु पौडेल, माओवादीका जनादर्न शर्मा, रास्वपाका स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot