Logo

गृहमन्त्री लामिछानेलाई झाँक्रीको जवाफः ‘सहकारीको पुँजी अपचलन गरेर अवस्था बद्लिँदैन’



काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले वर्तमान सरकारको शैली ठीक नभएको टिप्पणी गरेकी छन् । आज (आइतबार) परिवर्तन नेपालले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

त्यसैगरी, नेतृ झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित गर्दै आफूले व्यवस्था फेरियो, अब जनताको अवस्था फेर्नुपर्छ भन्ने गरेको सुनेको बताईन् । उनले लामिछानेलाई जवाफ फर्काउँदै अवस्था परिवर्तन गर्न पुँजीको आवश्यत्ता पर्ने बताईन् । सहकारीको रकम अपचलन गरेर अवस्था परिवर्तन हुने उनको भनाइ छ ।

‘मैले सुन्छु– व्यवस्था ठीक भयो, अब अवस्था बदल्ने । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन नि त । सहकारीमा डिपोजिट गरेका मान्छेहरुको पुँजीलाई अपचलन गरेर अवस्था बद्लिँदैन, झन खराब हुन्छ । मिडियामा आएर उफ्रेर अवस्था बद्लिँदैन,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot